काठमाडौं महानगर अपडेट : १ लाख ६९ हजार मत गन्दा कसले कति पाए ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो फराकिलो अग्रता कायमै राखेका छन्।

 

पछिल्लो पटक सार्वजनिक मत परिणाम (बुधबार बिहान ७:३० बजेसम्म) १ लाख ६९ हजार मत गन्दा साहले ५४ हजार ७१८ मत पाएका छन् । उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा २० हजार ११० मतले अगाडि छन् ।

 

साहलाई पछ्याइरहेकी सिंहले ३४ हजार ६०८ मत पाएकी छिन् । त्यस्तै, नेकपा एमालेका केशव स्थापितले ३३ हजार ९७५ मत पाएका छन् ।

 

महानगरको अब २२ हजार ५६४ मत्र मात्र गन्न बाँकी रहेको छ । गन्न बाँकी मत र बालेनले लिएको अग्रता हेर्दा उनको जित सुनिश्चित जस्तै देखिन्छ ।

आगामी वर्षका लागि यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ) Read Previous

आगामी वर्षका लागि यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

७४५ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस बन्यो सबैभन्दा ठूलो दल, कुनले कति जिते ? Read Next

७४५ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस बन्यो सबैभन्दा ठूलो दल, कुनले कति जिते ?