काठमाडौं । सरकारले विद्युत् महशुल पुनरावलोकन गर्ने भएको छ । संघीय संसद्को मंगलबारको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएकी हुन् ।
सरकारले विद्युत् खपत बढाउन र खाना पकाउने एपी ग्यासको खपत घटाउन विद्युत् महशुल पुनरावलोकन गर्ने भएको हो ।