सेयर बजारलाई उत्पादनशील क्षेत्रमा जोड्न लगानीकर्तालाई प्रोत्साहन गरिने

काठमाडौं । सरकारले सेयर (पूँजी) बजारको विकासका लागि लगानीकर्तालाई उत्पादनशील क्षेत्रसँग जोड्ने भएको छ ।

 

संघीय संसद्को आजको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

 

सरकारले पूँजी बजारको विकास र विस्तारका लागि लगानीकर्तालाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने भएको हो ।

 

‘पूँजी बजारको विकास र विस्तारको लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको अकर्षण वृद्धि र नियामक निकायको क्षमता अभिवृद्धि गरिने छ,’ सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

विद्युत् महशुल पुनरावलोकन हुने Read Previous

विद्युत् महशुल पुनरावलोकन हुने

सरकारको प्राथमिकतामा सडक र सुरुङ, यी सडक बन्दैछन् ४ लेनका Read Next

सरकारको प्राथमिकतामा सडक र सुरुङ, यी सडक बन्दैछन् ४ लेनका