सरकारको प्राथमिकतामा सडक र सुरुङ, यी सडक बन्दैछन् ४ लेनका

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा सडक र सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखेको छ ।

 

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देशका झन्डै १ दर्जन सडक ४ लेनको बनाउने योजना सार्वजनिक गरेकी हुन् ।

 

सरकारले आगामी ५ वर्षभित्र पूर्व–पश्चिम राजमार्ग एसियन स्टायडर्ड सहित ४ लेनको बनाउने भएको छ ।अहिले सरकारले विभिन्न खण्डमा पूर्व-पश्चिम हाइवे विस्तार गरिरहेको छ ।

 

विशेषतः नवलपरासीदेखि बुटवलसम्म, पथलैयादेखि लालबन्दीसम्म, सिराहादेखि सप्तरी कोशी पुलसम्मको बाटो स्तरोन्नति भइरहेको छ । साथै, बुटवलबाट पश्चिमतर्फको धेरै खण्डपनि अहिले विस्तारको क्रममा रहेको छ ।

 

नेपालमा निर्माण हुने सबै किसिमका राष्ट्रिय राजमार्ग ४ लेनमा स्तरोन्नित गर्ने, उपत्यकाको चक्रपथ विस्तार गर्ने, बाहिरी चक्रपथको सम्भाव्यता अध्ययन गर्ने नीति लिएको छ ।

 

भारत र चीनका नाका जोड्ने बाटाहरुको स्तोन्नति गर्दै राष्ट्रिय राजमार्गमा जोड्ने, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग, कर्णाली करिडोरको विस्तार, हुम्लामा सडक संजाल जोड्ने, करिडोर निर्माण सम्पन्न गर्ने सरकारको नीति तथा कार्यक्रममा परेको छ ।

 

त्रिभुवन राजमार्गको स्तरोन्नति, चिवनको मझिमटारदेखि शक्तिखोरसम्म सुरुङ मार्गको अध्ययन गर्ने, सिद्धबाबा सुरुङ मार्गको निर्माण, आगामी आर्थिक वर्षमा ८०० किलोमिटर नयाँ सडक निर्माण र २७० किलोमिटर सडक स्तरोन्नति गर्ने सरकारले लक्ष्य लिएको छ ।

 

विद्युतीय गाडीको प्रयोग बढाउने, चार्जिङ स्टेशन निजी क्षेत्रसँग मिलेर चलाउने, सार्वजनिक यातायाता सुदृढ गर्ने, पेट्रोलियम पदार्थको मूल्य स्वचालित बनाउने जस्ता योजना सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ ।

 

सेयर बजारलाई उत्पादनशील क्षेत्रमा जोड्न लगानीकर्तालाई प्रोत्साहन गरिने Read Previous

सेयर बजारलाई उत्पादनशील क्षेत्रमा जोड्न लगानीकर्तालाई प्रोत्साहन गरिने

बूढीगण्डकी स्वदेशी लगानीमै, अन्य ३ जलाशययुक्त आयोजना अघि बढाइने Read Next

बूढीगण्डकी स्वदेशी लगानीमै, अन्य ३ जलाशययुक्त आयोजना अघि बढाइने