काठमाडौं। सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन छुट्टै निकाय गठन गर्ने भएको छ । संघीय संसद्को मंगलबारको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेकी हुन् ।
घरजग्गा कारोबारमा हुने कर छली र जथाभावी हुने प्लटिङ लगायत विकृति नियन्त्रण गरी व्यवस्थित बनाउन छुट्टै निकाय गठन गर्ने भएको हो ।
सरकारले भू-उपयोग नीति तथा कानून अनुसार भूमि वर्गीकरण गरी तिनै तहको भू-उपयोग योजना तयार गर्ने भएको छ। अहिले घरजग्गा कारोबार व्यवस्थित र पारदशी नहुँदा ठूलो मात्रमा कर छली हुँदै आएके छ भने कृषि योग्य जमिन समेत जथाभावी रुपमा प्लटिङ हुँदै आएको छ ।