अब किनेकै मूल्यमा पेट्रोलियम पदार्थ बेच्ने

काठमाठौं । सरकारले अब खरिद मूल्य (परल) मूल्यमै पेट्रोलियम पदार्थ विक्री गर्ने भएको छ ।

 

सङ्घीय संसद्को आजको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएकी हुन् ।

 

अहिले खरिद मूल्यभन्दा कममा पेट्रोलियम पदार्थ विक्री गर्दै आएकाले निगमले ठूलो घाटा व्यहोर्नु परेपछि सरकारले खरिद मूल्यमा इन्धन बेच्ने भएको छ ।

 

यस अनुसार अब निगमले भारतबाट जति मूल्य (खरिद, ढुवानी लागत र करसहित कुल लागत)मा इन्धन आउँछ सोही मूल्यमा बेच्ने (स्वचालित प्रणाली अपनाउने) भएको हो ।

पूँजीगत खर्च बढाउन विकास सम्बन्धी कानुन बनाइने Read Previous

पूँजीगत खर्च बढाउन विकास सम्बन्धी कानुन बनाइने

अब घरजग्गा कारोबारका लागि अब छुट्टै निकाय Read Next

अब घरजग्गा कारोबारका लागि अब छुट्टै निकाय