काठमाडौं । सरकारले पूँजीगत खर्च बढाउन विकास निर्माण सम्बन्धी छुट्टै कानुन बनाउने भएको छ ।
सङ्घीय संसद्को आजको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो कुरा उल्लेख छ ।
सरकारले पूँजीगत खर्च वृद्धि गर्न र विकास आयोजना कार्यान्वयनलाई सहजीकरण गर्न नतिजामा आधारित आयोजना व्यवस्थापन प्रणालीसहितको विकाससम्बन्धी छुट्टै कानुन बनाउने भएको हो ।