भारतमा जस्तै सरकारले नेपालमा पनि इन्धनमा कर घटाउनुपर्छ : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भारतमा जस्तै नेपालमा पनि इन्धनमा अन्तःशुल्क घटाउनुपर्ने बताएका छन् ।

आइतबार महासंघले आयोजना गरेको इन्धन तथा खाद्य समस्या र यसबाट पर्न सक्ने अर्थतन्त्रको प्रभाव विषयक छलफलमा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले यस्तो बताएका हुन् ।

 

इन्धनको मूल्य वृद्धि हुँदा महँगी बढेसँगै भारतले इन्धनमा अन्तःशुल्क घटाएको स्मरण गराउँदै उनले नेपालमा पनि सरकारले इन्धनमा कर घटाउनुपर्ने बताएका हुन् ।

 

सरकारले नेपालमा पनि विद्युतीय सामग्रीको प्रयोगलाई प्रोत्साहन गरी पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनको नीतिमा जानुपर्ने बताए ।

 

सरकारले केही हदसम्म पेट्रोलियम पदार्थ प्रतिस्थापनमा जानु पर्ने बताउँदै यसका लागि विद्युतीय सामग्रीको प्रयोग नै सबैभन्दा उत्तम विकल्प रहेको उनले बताए । सफा टेम्पो एवं साना इलेक्टिक सवारी साधानलाई सार्वजनिक यातायातको मुख्य साधनका रुपमा प्रयोग बढाउँदै पेट्रोलियम पदार्थको आयात घटाउँदै जानुपर्ने गोल्छाले बताए ।

 

‘अहिले कुल आयातको १५ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ,’ उनले भने, ‘यसको केही अंश प्रतिस्थापन गर्न सकिन्छ, नेपालमा ७ हजार मेगावाट विद्युत् उत्पादनको क्रममा छ, आयोजना निर्माणलाई तीव्रता दिंदै विद्युतीय सामानको प्रयोगलाई बढाऔं ।’

 

विश्वव्यापी रुपमा बढेको मूल्य र नेपाली रुपैयाँ कमजोर हुँदा व्यापार घाटा बढिरहेको सन्दर्भ निकाल्दै उनले आयातमा २५ प्रतिशतसम्म हिस्सा राखेको कृषिमा ‘इकोसिस्टम’ नै परिवर्तन गर्नुपर्ने धारणा राखे ।

 

७१६ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ? Read Previous

७१६ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

निगमले फेरि लिटरमै १० रुपैयाँ बढायो इन्धनको भाउ, प्रतिलिटर कति पुग्यो ? Read Next

निगमले फेरि लिटरमै १० रुपैयाँ बढायो इन्धनको भाउ, प्रतिलिटर कति पुग्यो ?