७१६ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । ७५३ पालिका मध्ये आइतबार बेलुका ६ बजेसम्म ७१६ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

 

जसमा नेपाली कांग्रेसले ३१४ पालिका जित्दै सबैभन्दा ठूलो दल बनेको छ । त्यसैगरी, कांग्रेसलाई पछ्याइरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) १९३ पालिकामा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ ।

 

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १२०, जनता समाजवादी पार्टी २९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १७, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल १४ र अन्य दल तथा स्वतन्त्रले २९ पालिकामा जित हात पारेका छन् ।

 

अन्य पालिकाहरुको पनि धमाधम मत गणना भइरहेको छ । अहिले मतगणना भइरहेका पालिकामध्ये कांग्रेस ११, एमाले १३, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी समान २/२ पालिकामा अग्रता लिएका छन् ।

नवलपुर र तनहुँ जोड्ने कालीगण्डकी नदीमा पुल निर्माण ५ वर्षदेखि अलपत्र Read Previous

नवलपुर र तनहुँ जोड्ने कालीगण्डकी नदीमा पुल निर्माण ५ वर्षदेखि अलपत्र

भारतमा जस्तै सरकारले नेपालमा पनि इन्धनमा कर घटाउनुपर्छ : अध्यक्ष गोल्छा Read Next

भारतमा जस्तै सरकारले नेपालमा पनि इन्धनमा कर घटाउनुपर्छ : अध्यक्ष गोल्छा