नेपाल बैंक वाग्मती प्रदेशकोे बजेट गोष्ठी सम्पन्न, डिजिटल बैंकिङ विस्तार गर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले वाग्मती प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।

 

यही वैशाख ४ देखि ७ गतेसम्म धुलिखेलमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, वाग्मती प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका ६० जना शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो।

 

प्रधान कार्यालय बजेट तथा योजना विभाग र तालिम तथा विकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलेपमेन्टसम्बन्धी तालिम समेत प्रदान गरिएको थियो।

 

बैंक व्यवस्थापनले शाखाहरुसंग अन्तक्रिया गरी शाखा प्रबन्धकहरुबाट प्राप्त सल्लाह एवं सुझावहरु समेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारिता बढी हुने साथै आगामी आर्थिक वर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङमा बढावा दिनेलगायतका विषहरुमा बृहत रुपमा छलफल गरी सो सम्बन्धमा आवश्यक कार्यक्रमहरु तय गर्न सहज हुने देखिएकोले यस्ता कार्यक्रमहरु प्रत्यक वर्ष आयोजना गरिँदै आएको बैंकले जनाएको छ।

 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ् क्षेत्रकै क्रिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनेतले गर्दा नै नैपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धी बैंकको रुपमा अगाडि आएको विचार व्यक्त गरेका थिए।

 

सम्पूर्ण नेपालीहरुमा सरल, सहज र आधुनिक बैंकिङ सेवा प्रदान गर्दै निरन्तर आफ्नो सेवामा समर्पित भई ग्राहकहरुको बिश्वास जित्दै देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने कार्यमा यस बैंकका सम्पूर्ण कर्मचारीहरु सदा ऊर्जाशील भई अगाडि बढिरहने विश्वास समेत उनले व्यक्त गरे।

 

कार्यक्रममा बैंकका प्रवक्ता तथा सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी, सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्का, योजना तथा बजेट विभागकी मुख्य प्रबन्धक प्रतिभा डंगोल, मुख्य प्रबन्धकहरु पासाङ्ग दोर्जे शेर्पा तथा धिरज राई, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल, तालिम तथा बिकास डिभिजन प्रमुख प्रसाद सिवाकोटी लगायत प्रधान कार्यालय बजेट कमिटिका अन्य सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

अन्नपूर्ण केबलकारमा मेगा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने Read Previous

अन्नपूर्ण केबलकारमा मेगा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने

हावाहुरीले भरतपुरमा १४० बिजुलीका पोल ढले, पूर्णरूपमा विद्युत् आपूर्ति हुन ५ दिन लाग्ने Read Next

हावाहुरीले भरतपुरमा १४० बिजुलीका पोल ढले, पूर्णरूपमा विद्युत् आपूर्ति हुन ५ दिन लाग्ने