काठमाडौं । मेगा बैंक नेपालका ग्राहकहरुले पोखरास्थित अन्नपूर्ण केबलकारमा विशेष छुट पाउने भएका छन्।
बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्येनजर गर्दै केबलकार सुविधा प्रयोग गरे बापत छुट दिने बारे सम्झौता गरेको हो ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा बैंकको डेबिट वा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् ।