काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप एक कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको हो ।
नेप्सेमा बैंकको ३० लाख हकप्रद सेयर सूचीकृत भएको हो । बैंकले गत माघ ७ गते देखि फागुन १३ गतेसम्म चुक्ता पूँजीको १:१.५ अनुपातमा हकप्रद निष्काशन गरेको थियो । सोही हकप्रद सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत हकप्रद सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।