सुनको मूल्य सामान्य वृद्धि

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार २०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार थियो ।

 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२५ डलर आसपास कारोबार भइरहेको छ ।

नेप्सेमा सूचीकृत आधा बढी जीवन बीमा कम्पनीको नाफा घट्यो, कुनले कति कमाए ? Read Previous

नेप्सेमा सूचीकृत आधा बढी जीवन बीमा कम्पनीको नाफा घट्यो, कुनले कति कमाए ?

काठमाडौं महानगर अपडेट : बालेन ५ हजार मतान्तरले अगाडि, कसले कति मत पाए ? Read Next

काठमाडौं महानगर अपडेट : बालेन ५ हजार मतान्तरले अगाडि, कसले कति मत पाए ?