काठमाडौं महानगर अपडेट : बालेन ५ हजार मतान्तरले अगाडि, कसले कति मत पाए ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उमेदवार बालेन साहले आफ्नो फराकिलो अग्रता कायमै राखेका छन्।

 

पछिल्लो पटक सार्वजनिक मत परिणाम (मंगलबार १२ बजेसम्म) साहले १० हजार ८९९ मत पाएका छन् । उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार केशव स्थापितभन्दा ५०५८ मतले अगाडि छन् ।

 

साहलाई पछ्याइरहेका स्थापितले ५८४१ मत पाएका छन् । त्यस्तै, गठबन्धनतर्फबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ५११४ मत पाएकी छिन् ।

 

महानगरमा ३२ वडा रहेको छन् । सोमध्ये वडा नं. १ र २ को मतगणना सम्पन्न भइसकेको छ भने ३,४, ५, ६, ३१ र ३२ वडाको मत गणना जारी छ । शनिबार बिहान ९ः३० बजेदेखि मत गणना सुरु गरिएको थियो । ३ लाख २४२ मतदाता रहेको महानगर क्षेत्रमा १ लाख ९० हजार १७० मत खसेको थियो । कामपाको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

सुनको मूल्य सामान्य वृद्धि Read Previous

सुनको मूल्य सामान्य वृद्धि

चितवनमा लाइम स्टोन उत्खनन गरिँदै, वार्षिक ३.२४ लाख मेट्रिकटन निकालिने Read Next

चितवनमा लाइम स्टोन उत्खनन गरिँदै, वार्षिक ३.२४ लाख मेट्रिकटन निकालिने