भारतले लगायो गहुँ निर्यातमा प्रतिबन्ध, नेपालमा कस्तो पर्ला असर ?

काठमाडौं । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । पछिल्लो समय गहुँको मूल्य लगातार बढेपछि भाारतले तत्काल लागू हुने गरी निर्यातमा रोक लगाएको हो ।

 

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले विज्ञप्ति जारी गर्दै विभिन्न कारणले अन्तर्राष्ट्रियस्तरमा गहुँको मूल्यमा अचानक वृद्धि भएको जनाएको छ ।

 

मूल वृद्धिका कारण भारतका साथै छिमेकी राष्ट्र र अन्य धेरै देशको खाद्य सुरक्षामा खतरा उत्पन्न भएको भन्दै भारतले निर्यातमा रोक लगाएको हो । भारतले गहुँलाई स्वतन्त्र वर्गबाट प्रतिबन्धित वर्गमा सारेको हो ।

 

रुस र युक्रेनबीच जारी युद्धका कारण गहुँको अन्तर्राष्ट्रिय मूल्य झण्डै ४० प्रतिशतले बढेको छ । यसले भारतबाट निर्यात बढेको छ । माग बढेपछि स्थानीय तहमा गहुँ र पिठोको मूल्य ह्वात्तै बढेको हो ।

 

पहिले नै अनुमति दिइसकिएका शिपमेन्ट नरोकिने बताइएको छ। गहुँको अन्तर्राष्ट्रिय मूल्य ४० प्रतिशतले बढिरहेको छ। भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक हो। यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नेछ ।

 

नेपालमा गहुँ उत्पादन हुने भए पनि वर्षेनी करोडौंको आयात गर्दै आएको छ । भारतले प्रतिबन्ध लगाएसँगै नेपालमा आपूर्ति कम हुने र भाउ समेत बढ्ने देखिन्छ ।

विकास बैंकहरूले बढाए ब्याजदर, कुनको कति ? Read Previous

विकास बैंकहरूले बढाए ब्याजदर, कुनको कति ?

काठमाडौं महानगरमा बालेन १६८० मतान्तरले अगाडि Read Next

काठमाडौं महानगरमा बालेन १६८० मतान्तरले अगाडि