काठमाडौं महानगरमा बालेन १६८० मतान्तरले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवार बालेन साहले आफ्नो अग्रतालाई झण्डै दोब्बर बनाएका छन्।

 

पछिल्लो पटक सार्वजनिक मत परिणाम (५ः१५ बजेसम्म)१,२,३,४, ३१ र ३२ वडाको मत गणना हुँदा साहले ३५३६ मत पाएका छन् । उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार केशव स्थापितभन्दा १६८० मतले अगाडि छन् ।

 

शाहलाई पछ्याइरहेका स्थापितले १८५६ मत पाएका छन् । त्यस्तै, त्यस्तै गठबन्धनतर्फबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १६६८ मत पाएकी छिन् ।

 

महानगरमा ३२ वडा रहेको छन् । शनिबार बिहान ९ः३० बजेदेखि मत गणना सुरु गरिएको थियो । ३ लाख २४२ मतदाता रहेको महानगर क्षेत्रमा १ लाख ९० हजार १७० मत खसेको थियो । कामपाको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

भारतले लगायो गहुँ निर्यातमा प्रतिबन्ध, नेपालमा कस्तो पर्ला असर ? Read Previous

भारतले लगायो गहुँ निर्यातमा प्रतिबन्ध, नेपालमा कस्तो पर्ला असर ?

३५ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ? Read Next

३५ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?