काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक भइरहेको छ । ७५३ पालिकामा भएको निर्वाचनमा हाल ( आइतबार ६ः२० बजे)सम्म ३५ पालिकाको नतिजा सार्वजनिक भएको छ ।
जसमा सबैभन्दा धेरै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १४ पालिकामा जित हात पारेको छ । त्यसैगरी, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ११, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ८ र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले २ स्थानमा जित हात पारेका छन् ।
अन्य पालिकाहरुको धमाधम मत गणना भइरहेको छ ।