काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक भइरहेको छ । ७५३ पालिकामा भएको निर्वाचनमा हाल ( सोमबार बिहान ८ बजे)सम्म ९० पालिकाको नतिजा सार्वजनिक भएको छ ।
जसमा सबैभन्दा धेरै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ३४ पालिकामा जित हात पारेको छ । त्यसैगरी, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २२ र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले २ स्थानमा जित हात पारेका छन् ।
अन्य पालिकाहरुको धमाधम मत गणना भइरहेको छ । अहिले मतगणना भइरहेका पालिकामध्ये कांग्रेस २१२, एमाले १८९, माओवादी ११४ र समाजवादीले १४ पालिकामा अग्रता लिएको छ ।