काठमाडौं महानगर अपडेट : बालेन ३ हजार मतान्तरले अगाडि, कसले कति मत पाए ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवार बालेन साहले आफ्नो फराकिलो अग्रता कायमै राखेका छन्।

 

पछिल्लो पटक सार्वजनिक मत परिणाम (सोमबार बिहान सवा ८ बजेसम्म) १,२,३,४, ३१ र ३२ वडाको मत गणना हुँदा साहले ६२७० मत पाएका छन् । उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार केशव स्थापितभन्दा ३०२७ मतले अगाडि छन् ।

 

साहलाई पछ्याइरहेका स्थापितले ३२४३ मत पाएका छन् । त्यस्तै, त्यस्तै गठबन्धनतर्फबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २८८५ मत पाएकी छिन् ।

 

महानगरमा ३२ वडा रहेको छन् । सोमध्ये वडा नं. १ क मतगणना सम्पन्न भइसकेको छ भने अरुको जारी छ । शनिबार बिहान ९ः३० बजेदेखि मत गणना सुरु गरिएको थियो । ३ लाख २४२ मतदाता रहेको महानगर क्षेत्रमा १ लाख ९० हजार १७० मत खसेको थियो । कामपाको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

९० पालिकाको नतिजा सार्वजनिक : एमालेको अग्रता कायमै, कुन दलले कति जिते ? Read Previous

९० पालिकाको नतिजा सार्वजनिक : एमालेको अग्रता कायमै, कुन दलले कति जिते ?

ऊर्जा क्षेत्रमा लगानीकर्ताको उच्च आकर्षण, डेढ खर्ब लगानीमा ३७ नयाँ आयोजना निर्माण हुँदै Read Next

ऊर्जा क्षेत्रमा लगानीकर्ताको उच्च आकर्षण, डेढ खर्ब लगानीमा ३७ नयाँ आयोजना निर्माण हुँदै