ऊर्जा क्षेत्रमा लगानीकर्ताको उच्च आकर्षण, डेढ खर्ब लगानीमा ३७ नयाँ आयोजना निर्माण हुँदै

काठमाडौं । ऊर्जा क्षेत्र (हाइड्रोपावर र सोलार)मा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । एकपटक लगानी गरेपछि वर्षौंसम्म प्रतिफल पाइने, बजारको सुनिश्चित लगायत काराणले लगानीकर्ताले यस क्षेत्रमा धमाधम लगानी गर्न थालेका हुन् ।

 

नेपालमा हाल झन्डै १०० बढी जलविद्युत् आयोजना संचालनमा छन् भने ५ हजार मेगावाट क्षमताका २०० बढी निर्माणाधीन अवस्थामा रहेका छन् । त्यस्तै, साढे २ सय बढी लाइसेन्स लिएर बसेका छन् भने नयाँ कम्पनी थपिने क्रम जारी छ ।

 

चालु आवको १० महिना (वैशाख १५ गतेसम्म) ऊर्जा क्षेत्रमा ३७ वटा नयाँ कम्पनी दर्ता भएका छन् । ती कम्पनीहरुमा कुल १ खर्ब ३९ अर्ब रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

 

विभागका अनुसार चालु आवमा दर्ता भएका ऊर्जा सम्बन्धी ३७ वटा कम्पनीमध्ये ३१ वटा जलविद्युत् र ६ वटा सोलार रहेका छन् । यी सबै कम्पनीहरुले ७७३.८५ मेगावाट विद्युत् उत्पादन गर्ने विभागले जनाएको छ।

 

कहाँ कति मेगावाटको हाइड्रोपावर बन्दैछन् ?

 

मनाङमा बुटवल पावर कम्पनी लिमिटेडले १ अर्ब २९ करोड रुपैयाँ लगानीमा हाइड्रोपावर निर्माण गर्न लागेको छ । कम्पनीले वार्षिक ४३.९९ गिगावाट विद्युत विक्री गर्ने लक्ष्य साथ उक्त हाइड्रोपावर सञ्चालन गर्न लागेको हो ।

 

उक्त कम्पनीले वार्षिक ड्राइसिजनमा १३.३२ गिगावाट विद्युत विक्री गर्ने योजना बनाएको छ भने फ्लोको मौसममा वार्षिक ३०.६६ गिगावाट विद्युत उत्पादन गरी विक्री गर्ने लक्ष्य राखेको छ ।

 

यस्तै ओखलढुंगामा पुवाखोला–वान हाइड्रोपावर लिमिटेडले आयु मलुन जलविद्युत आयोजनाबाट २१ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । यस आयोजना ३ अर्ब ८१ करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको हो ।

 

ताप्लेजुङमा हिमाली हाइड्रोपावर फन्ड प्रालिले १ अर्ब ९० करोड रुपैयाँ लगानीमा ९ मेगावाट, इलाममा वाटर इनर्जी सोलुसन प्रालिले १ अर्ब ६५ करोड रुपैयाँ लगानीमा ८.३ मेगावाट, दोलखामा कोप्लाङ्ग इनर्जी हाइड्रो पावर प्रालिले १ अर्ब २९ करोड रुपैयाँ लगानीमा ६.२ मेगावाट, संखुवासभामा मेन्छियम हाइड्रोपावर लिमिटेडले १ अर्ब ३० करोड रुपैयाँ लगानीमा ७.७ मेगावाटको विद्युत् आयोजना बनाउने भएको छ ।

 

यसैगरी, कालिकोटमा रुरुगाड पावर कम्पनीले ४ अर्ब ३७ करोड रुपैयाँ लगानीमा २३.५ मेगावाट, ताप्लेजुङमा रिभरसाईड हाइड्रो इनर्जीप्रालिले ५ अर्ब ९५ करोड रुपैयाँ लगानीमा ३७.५ मेगावाट, मनाङमा सिता हाइड्रोपावर कम्पनी प्रालिले १० अर्ब ४३ करोडमा ६५ मेगावाट, मनाङान बुटवल पावर कम्पनी लिमिटेडले ३३ अर्ब ४१ करोड लगानीमा १३९.२ मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी, म्याग्दीमा ठूलो खोला हाइड्रोपावर प्रालिले २ अर्ब ५३ करोड रुपैयाँ लगानीमा १५ मेगावाट विद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

 

यसैगरी, सिन्धुपाल्चोकमा ब्रह्रायणी हाइड्रोपावर कम्पनीले ५ अर्ब ९५ करोड रुपैयाँ लगानीमा ३५.४७ मेगावाट, इन्टिग्रेटेड हाइड्रो फण्ड नेपाल प्रालिले २ अर्ब ७८ करोड रुपैयाँ लगानीमा १५.१५ मेगावाट, दोलखामा सानिमा जुम हाइड्रोपावर लिमिटेडले १० अर्ब ५३ करोड रुपैयाँ लगानीमा ५६ मेगावाट, धादि«ङमा गणेश हिमाल हाइड्रोपावर प्रालिले ४ अर्ब २८ करोड रुपैयाँ लगानीमा २० मेगावाट, तनहुँमा मौलाकालिका हाइड्रोपावर कम्पनी प्रालिले ५ अर्ब ९६ करोड रुपैयाँ लगानीमा ३८.१६ मेगावाटको आयोजना निर्माणका लागि अनुमति लिएको विभागले जनाएको छ ।

 

यसैगरी, भरतपुरमा चुम्बकीय प्रविधिबाट विद्युत उत्पादन गर्नका लागि उद्योग दर्ता भएको छ । ५ अर्ब ५८ करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको उक्त उर्जा आयोजनाले वार्षिक ५० मेगावाट विद्युत उत्पादन गर्ने विभागले जनाएको छ । उक्त विद्युत ईबीएम नेपाल प्रालिले निर्माण गर्न लागेको हो ।

 

यसैगरी, ताप्लेजुङमा सूर्य होल्डिङले प्रालिले ५ अर्ब ९६ करोड रुपैयाँ लगानीमा ३१.९२ मेगावाट, ताप्लेजुङमै अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले ३ अर्ब १२ करोड रुपैयाँ लगानीमा १५ मेगावाट, संखुवासभामा ह्यापी इनर्जी प्रालिले ५ अर्ब ९५ करोड रुपैयाँ लगानीमा ४० मेगावाट, सोलुखुम्बुमा युनियन हाइड्रोपावर लिमिटेडले ४ अर्ब ९५ करोड लगानीमा २८.९ मेगावाटको होङ्गु खोला जलविद्युत अयोजना,
भोजपुरमा इस्टर्न इनर्जी प्रालीले २ अर्ब ७६ करोड रुपैयाँ लगानीमा १५ मेगावाट, सिराहामा इको सन पावर डेभलपमेन्ट प्रालिले ९६ करोड रुपैयाँ लगानीमा १०, ओखलढुंगामा शुभारम्भ हाइड्रोपावर प्रालिले १ अर्ब १७ करोड रुपैयाँ लगानीमा ६ मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

 

सोलारमा ४ अर्ब लगानी

 

यसैगरी, चालु आर्थिक वर्षमा सोलारबाट विद्युत् उत्पादनका लागि ४ अर्ब रुपैयाँ लगानीका उद्योगहरु दर्ता भएका छन् । उक्त लगानीमा ४१.७ मेगावाट विद्युत् उत्पादन गरिने भएको हो ।

 

झापामा इष्ट सोलार प्रालिले ५ मेगावाटको सोलार आयोजना निर्माण गर्ने भएको छ । ६० करोड रुपैयाँ लगानीमा उक्त आयोजना निर्माण गर्न लागिएको हो ।

 

यसैगरी, पर्सामा तराई सोलार प्रालिले ५६ करोड रुपैयाँमा ७.७ मेगावाट, कपिलवस्तुमा पशुपती रिन्यूएबलस प्रालिले ८८ करोड रुपैयाँ लगानीमा १० मेगावाट, कपिलवस्तुमा पोजेटीभ प्रालिले ९५ करोड रुपैयाँ लगानीमा १० मेगावाट, सर्लाहीमा इको घाम पावर कम्पनीले ८० करोड रुपैयाँमा १० मेगावाटको सोलार आयोजना निर्माण गर्ने भएको छ ।

काठमाडौं महानगर अपडेट : बालेन ३ हजार मतान्तरले अगाडि, कसले कति मत पाए ? Read Previous

काठमाडौं महानगर अपडेट : बालेन ३ हजार मतान्तरले अगाडि, कसले कति मत पाए ?

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरू, जजिराको जहाज अवतरण Read Next

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरू, जजिराको जहाज अवतरण