दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरू, जजिराको जहाज अवतरण

काठमाडैं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।

 

आज बिहान ७ बजे पहिलोपटक अन्तर्राष्ट्रिय जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो ।

 

जहाजलाई विमानस्थलमा पानीका फोहोरासहित स्वागत गरिएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आजै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्।

 

जजिराले भोलि बिहान २ः३० बजेको समयमा नेपालबाट यात्रु बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

 

उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयका अनुसार साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार)नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको छ । आफ्नो ट्राभलले भैरहवाबाट जाने ३० यात्रुको बुकिङ गरिसकेको उनले बताए। पुरानो विमानस्थलमा अहिले दैनिक २४ जहाजले आन्तरिक उडान भर्छन् ।

 

एउटा मात्र रनवेले कारण ट्राफिक चाप हुने गरेकाले चाप व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको उक्त अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए ।

ऊर्जा क्षेत्रमा लगानीकर्ताको उच्च आकर्षण, डेढ खर्ब लगानीमा ३७ नयाँ आयोजना निर्माण हुँदै Read Previous

ऊर्जा क्षेत्रमा लगानीकर्ताको उच्च आकर्षण, डेढ खर्ब लगानीमा ३७ नयाँ आयोजना निर्माण हुँदै

नेपाल-भारत वार्ता : जलविद्युत्, विकास र सम्पर्क सञ्जाल विस्तारमा केन्द्रित हुने Read Next

नेपाल-भारत वार्ता : जलविद्युत्, विकास र सम्पर्क सञ्जाल विस्तारमा केन्द्रित हुने