बुद्धले आजदेखि ६ वटा विमानस्थलमा रात्रिकालीन उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले आज (आइतबार)देखि देशका विभिन्न ६ वटा विमानस्थलमा रात्रिकालीन उडान गर्ने भएको छ ।

 

नागरिक उड्डयन प्राधिकरणले दुई साता अघि त्रिभुवन, गौतमबुद्ध सहित क्षेत्रीय विमानस्थलहरुमा १८ घण्टा संचालनमा ल्याएको थियो । सोही अनुसार बुद्धले पनि विभिन्न ६ वटा विमानस्थलमा रात्रिकालिन उडान गर्न लागेको हो ।

 

आजदेखि बुद्धका जहाजहरुले रातको १२ बजेसम्म आन्तरिक उडान गर्ने भएका छन् । बुद्ध एयरले जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरा विमानस्थलमा रात्रिकालीन उडान गर्न लागेको जनाएको छ ।

 

दैनिक कामकाजमा व्यस्त यात्रुहरुका लागि रात्रिकालीन उडान निकै आकर्षक हुने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ । रात्रिकालीन उडान विहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि जनाएको छ ।

 

काठमाडौंमा यात्रुका सुविधाका लागि राइडिङ सेयरिङ ‘टुटल’सँग समन्वय गरी रात्रिकालीन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको बुद्ध एयरले जनाएको छ ।

डिजेल र पेट्रोलको भाउ लिटरमै १० रुपैयाँ बढ्यो, प्रतिलिटर कति पुग्यो ? Read Previous

डिजेल र पेट्रोलको भाउ लिटरमै १० रुपैयाँ बढ्यो, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं महानगरमा बालेन १ हजार मतान्तरले अगाडि Read Next

काठमाडौं महानगरमा बालेन १ हजार मतान्तरले अगाडि