काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवार बालेन साहले आफ्नो अग्रतालाई झण्डै दोब्बर बनाएका छन्।
पछिल्लो अपडेट (बिहान १०ः३० बजेसम्म)१,२,३,४ र ३२ वडाको मत गणना हुदा साहले २२३८ मत पाएका छन् । उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार केशव स्थापितभन्दा १०१९ मतले अगाडि छन् ।
शाहलाई पछ्याइरहेका स्थापितले १२१९ मत पाएका छन् । त्यस्तै, कांग्रेसकी सिर्जना सिंहले १०८१ मत पाएकी छिन् ।