प्रभु लाइफ इन्स्योरेन्सको नाफामा गिरावट, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सको खुद नाफामा गिरावट आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २६.४८ प्रतिशतले घटेको हो ।

 

कम्पनीले चालु आवको चैत मसान्तसम्म १० करोड १३ लाख ३४ हजार रुपैयाँमा खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको सोही अवधिमा १३ करोड ७८ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

कम्पनीको खुद बीमा शुल्क आम्दानी बढे पनि लगानी तथा अन्य आम्दानी घट्दा खुद नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क आम्दानी ३३.९२ प्रतिशत बढेर १ अर्ब ४५ करोड ७७ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

 

समीक्षा अवधिमा इन्स्योरन्सको लगानी तथा अन्य आम्दानी ३७.०३ प्रतिशत घटेर ११ करोड २७ लाख २६ हजारमा सीमित भएको छ ।

 

समीक्षा अवधिमा २ अर्ब चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोष २४.४२ प्रतिशत बढेर ४५ करोड ५४ लाख रुपैयाँ छ । यस्तै, जीवन बीमा कोष ५३.७६ प्र्रतिशत बढेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

 

समीक्षा अवधिमा प्रभुको प्रतिसेयर आम्दानी ६.७६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२४.५६ रुपैयाँ छ ।

अर्थतन्त्र संकटको डिलमा पुगेकै हो त ?  यस्ता छन् मुख्य ७ सूचक Read Previous

अर्थतन्त्र संकटको डिलमा पुगेकै हो त ? यस्ता छन् मुख्य ७ सूचक

चालु वर्षमा नेपालीले पिए पौने ३ अर्बको विदेशी मदिरा, ह्वीस्की मात्रै १ अर्बको Read Next

चालु वर्षमा नेपालीले पिए पौने ३ अर्बको विदेशी मदिरा, ह्वीस्की मात्रै १ अर्बको