आजदेखि ४ दिन ट्रिपर सञ्चालनमा रोक

काठमाडौं । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलाञ्चोक जिल्लामा चार दिनसम्म ट्रिपर सञ्चालनमा रोक लगाइएको छ ।

 

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर आज बिहान ६ बजेदेखि आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि राति सञ्चालन हुँदै आएको ट्रिपर स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताए ।

 

त्यससँगै निर्वाचर्नलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगको निर्णयानुसार मतदानका दिन जिल्लाभर अत्यावश्यक सेवाबाहेकका अन्य सबै प्रकारका सवारीसाधन बन्द गरिने जनाइएको छ ।

 

त्यस्तै उक्त कार्यालयले निर्वाचनका बेला सुरक्षा व्यवस्थालाई ध्यानमा राखी यही वैशाख २६ गतेदेखि ३१ गतेसम्मका लागि मदिरा विक्री वितरणमा रोक लगाइसकेको छ । तोकिएको समयसम्म जिल्लाभर मादक पदार्थ विक्री वितरण र उपभोगलाई पूर्णरूपमा निषेध गरिएको हो । जिल्लामा १३ वटा स्थानीय तहका १८९ मतदानस्थल ३८१ वटा मतदान केन्द्रबाट मतदाताले मतदान गर्दैछन् ।

नागरिक लगानी कोषको प्रतिसेयर आम्दानी घट्यो, यस्तो छ वित्तीय अवस्था Read Previous

नागरिक लगानी कोषको प्रतिसेयर आम्दानी घट्यो, यस्तो छ वित्तीय अवस्था

अर्थतन्त्र संकटको डिलमा पुगेकै हो त ?  यस्ता छन् मुख्य ७ सूचक Read Next

अर्थतन्त्र संकटको डिलमा पुगेकै हो त ? यस्ता छन् मुख्य ७ सूचक