काठमाडौं । नागरिक लगानी कोषसामान्य बढोत्तरी भएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा खुदा नाफा ४.१७ प्रतिशतले बढेको छ ।
कोषले चालु आवको चैत मसान्तसम्ममा ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ४६ लाख रुपैयाँ बढी हो । कम्पनीले गत वर्षको सोही अवधिसम्ममा ५९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको आम्दानी सामान्य बढेसँगै खुद नाफा पनि बढेको हो। समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ११.६२ प्रतिशत बढेर १४ करोड ७५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुल आम्दानी ३.५० प्रतिशत बढेर १ अर्ब ३ करोड पुगेको छ ।
समीक्षा अवधिमा ३ अर्ब २७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ५३.०७ प्रतिशत बढेर १ अर्ब २६ करोड रुपैयाँ संचिति छ ।
खुद नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १.१७ रुपैयाँ घटेर २५.१५ रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ छ।