काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा कुल १५ हजार ४०९ सरकारी कर्मचारी तथा पदाधिकारीले सम्पत्ति विवरण नबुझाएको पाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको प्रतिवेदनअनुसार आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा सम्पत्ति विवरण बुझाउनेको सङ्ख्यामा बढोत्तरी भएको छ ।
आव २०७६/७७ मा कुल ६ लाख ५० हजार १२८ अर्थात् ९७.२८ प्रतिशतले विवरण बुझाएकामा आव २०७७/७८ मा कुल ६ लाख ८१ हजार २१५ अर्थात् ९७.७९ प्रतिशतले विवरण बुझाएका छन् ।
केन्द्रका अनुसार सङ्घीयतर्फ ९ हजार ७९७, प्रदेशतर्फ ५७४ र स्थानीय तहका ५ हजार ३८ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् ।