काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै ड्यास ८ क्यू ४०० जहाजको देब्रे इन्जिन फेल भएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ ।
सो जहाजमा ८० जना यात्रु रहेको जनाइएको छ । सुरक्षित अवतरण गराइएको सो जहाजको अब प्राविधिक जाँच गरिने बताइएको छ ।