असार पहिलोसाता ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ हुने, ७०० बढी विशिष्ट व्यक्ति सहभागी हुने

काठमाडौं । आइसीटी फाउण्डेशन नेपालको आयोजनामा असार पहिलोसाता दुई दिने ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन एसोसिएसन विथ इन्फोडेभलपर्स आयोजना हुने भएको छ ।

 

अन्तराष्ट्रिय कम्पनि ‘ह्वावे’ कार्यक्रमको शिर्ष प्रायोजक र नेपालको सफ्टवेयर कम्पनी ‘इन्फोडेभलपर्स’ इन एसोसिएसनको रहेको उक्त कन्क्लेभ असार ४ र ५ गते आयोजना हुने भएको हो ।

 

द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट ६० बढी वक्ता र ७०० बढी विशिष्ट व्यत्ति तथा विज्ञहरुको सहभागिता रहनेछ ।

 

डिजिटल रुपान्तरणको लागि डिजिटल नेपाल कन्क्लेभको नारा सहित आयोजना हुने यस कार्यक्रममा विभिन्न १५ बढी महत्वपूर्ण सेसनहरु रहेका छन । कार्यक्रममा डिजिटल नेपालको एजेण्डा र अवधारणाहरुमा वृहत छलफल हुनेछ ।

 

नेपाल सरकारले रुपान्तरणकारी परियोजनाको रुपमा अघि बढाएको डिजिटल नेपाल फ्रेमवर्कलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयनमा लान सकिन्छ भन्ने सन्दर्भमा कन्क्लेभ केन्द्रित रहनेछ । यस कार्यक्रममा डिजिटल नेपालको अभियान, डिजिटल रुपान्तरणको प्रयास, नविनतम प्रविधिहरु र यसका अभ्यासहरुसँग जोडेर सान्र्दभिक बहसहरु सञ्चालन गरिने आयोजक आइसिटी फाउण्डेशन नेपालका अध्यक्ष राजन लम्सालले बताए ।

 

कन्क्लेभमा युवाहरुको इन्नोभेटिभ आइडियाहरुलाई पनि स्थान दिइनेछ भने विद्यार्थीका डिजिटल नेपाल सम्वन्धि क्रिएशनलाइ पनि प्रस्तुतिको लागि समय प्रदान गरिने आयोजकले जनाएको छ । विभिन्न देशमा रहेर प्रविधिको क्षेत्रमा काम र अनुसन्धान गरिरहेका नेपालीहरुलाई पनि कार्यक्रममा समावेश गरिनेछ ।

 

सरकारी तथा निजीक्षेत्रका महत्वपूर्ण डिजिटल नेपालको इस्कोसिस्टममा काम भैरहेका प्रोजेक्टहरुलाई पनि प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिएको छ ।डिजिटल नेपाल कन्क्लेभको प्रिमियरको रुपमा आयोजकले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम समेत आयोजना गरिरहेको छ ।

 

कोभिड १९ को कारण भएको पहिलो लकडाउनदेखि सुरु भएको ‘डिजिटल संवाद’, यस वर्ष तेस्रो संस्करणको रुपमा सातै प्रदेशमा ‘डिजिटल प्रदेश कार्यक्रम’को रुपमा आयोजना भएको हो ।

 

गण्डकी, लुम्बिनी, मधेस र प्रदेश १ मा आयोजना भइसकेको यस कार्यक्रम जेष्ठ पहिलोसाता बाँकी ३ प्रदेशमा आयोजना हुनेछ । यस कार्यक्रमबाट प्राप्त रिपोर्ट तथा प्रदेशको डिजिटल अवस्था र योजनाको बारेमा पनि कन्क्लेभमा छलफल हुनेछ ।

 

यस कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समर्थन र नेपाल दूरसञ्चार प्राधिकरण लगायतका महत्वपूर्ण संस्थाहरुको सहयोग तथा सहकार्य रहेकोछ ।

 

शिर्ष प्रायोजक ह्वावे विश्वका १७० भन्दा बढी देशहरु दूरसञ्चार तथा नविनतम प्रविधिहरुको इन्नोभेसन, विकास तथा विस्तार गरिरहेको नेतृत्वदायी कम्पनी हो । जसले विश्वभरि ३ अर्ब भन्दा बढी मानिसहरूलाई सेवा प्रदान गरिरहेको छ । ह्वावे नेपालमा २१ वर्षदेखि नेपालको आइसिटी उद्योगमा सेवा गर्दै आएको छ ।

 

त्यसैगरी इन एसोसिएसनको रुपमा रहेको इन्फोडेभलपर्सले दुई दशकदेखि बैंकिङ तथा वित्तिय क्षेत्र लगायत नेपाल सरकार, अन्तर्राष्ट्रिय एजेन्सीहरुलाई प्राथमिकतामा राखेर सफ्टवेयर विकास गरिरहेको छ । कम्पनीको सफ्टवेयरबाट ३५ लाख बढीले सेवा लिइरहेका छन् ।

तनावग्रस्त बन्दै श्रीलंका, निवर्तमान प्रधानमन्त्रीसहित ५० बढी नेताको घर जलाइयो Read Previous

तनावग्रस्त बन्दै श्रीलंका, निवर्तमान प्रधानमन्त्रीसहित ५० बढी नेताको घर जलाइयो

धनगढी उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल, गराइयो सुरक्षित अवतरण Read Next

धनगढी उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल, गराइयो सुरक्षित अवतरण