तनावग्रस्त बन्दै श्रीलंका, निवर्तमान प्रधानमन्त्रीसहित ५० बढी नेताको घर जलाइयो

काठमाडौं । आर्थिक संकटमा फसेको श्रीलंका राजनीतिक कारणले पनि तनावग्रस्त भएको छ । प्रधानमनत्रीले राजीनामा दिए पनि राष्ट्रपति गोताबाय राजपाक्षको राजीनामा माग गर्दै प्रदर्शन भइरहेको हो ।

 

जारी प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कर्फ्यु लगाएको छ भने प्रदर्शनकारीहरुमाथि गोली चलाउन आदेश दिएको छ ।इतिहासकै खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाली नागरिकहरुले सरकारबिरुद्ध गरेको प्रदर्शनका कारण झन तनाव सिर्जना भएको हो ।

 

प्रदर्शनकारीहरुले श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरसहित ५० भन्दा बढी नेताहरुको घर जलाइएको बीबीसीले जनाएको छ ।

 

सोमबार र मंगलबारको समय अवधिमा राजपाक्षे र नेताहरुको घर जलाइएको हो । घर आगजनीबाट मानवीय क्षति भने भएको छैन । प्रहरीले तत्काल सुरक्षा दिएर राजपाक्षेको परिवारका सदस्यलाई घरबाट निकालेकाले मानवीय क्षति हुन नपाएको प्रहरीले बताइएको छ ।

 

उक्त समयमा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हावाइ फायरसमेत गर्नु परेको थियो । त्यस्तै सोमबार नै ५० भन्दा बढी नेताहरुको घर जलाइएपछि ती नेताहरु शरण लिएर बसिरहेको बताइएको छ । यता राजपाक्षेको परिवारहरुलाई भने सुरक्षाकर्मीले घरबाट बाहिर निकालेर पूर्वोत्तर क्षेत्रमा रहेको त्रिनकोम नौसैनिक अड्डामा राखेको बीबीसीले जनाएको छ ।

 

प्रदर्शनका क्रममा हालसम्म ७ जनाले ज्यान गुमाइसकेका छन् भने २०० भन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारीहरुले अब राष्ट्रपति गोटाबाया राजापाक्षेको घरलाई निशाना बनाएका छन् । राष्ट्रपतिको घर अगाडी उनीहरुले ठूलो संख्यामा भेला भएर उनको राजीनामा माग गरिरहको बताइएको छ । एजेन्सी

अपर हेवाखोला हाइड्रोपावरले जेठ १० गतेदेखि आइपीओ निष्काशन गर्ने Read Previous

अपर हेवाखोला हाइड्रोपावरले जेठ १० गतेदेखि आइपीओ निष्काशन गर्ने

असार पहिलोसाता ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ' हुने, ७०० बढी विशिष्ट व्यक्ति सहभागी हुने Read Next

असार पहिलोसाता ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ' हुने, ७०० बढी विशिष्ट व्यक्ति सहभागी हुने