अपर हेवाखोला हाइड्रोपावरले जेठ १० गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ १० गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका संखुवासभाका स्थानीय बासिन्दाहरुका लागि आइपीओ जारी गर्न लागेको हो ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

 

लगानीकर्ताले प्रभु बैंक, सिद्धार्थ बैंक खाँदबारी शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार, सभापोखरी शाखा र नेपाल बङ्गलादेश बैंकको पाँचखपन शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै नेपाल धितोपत्र बोर्डबाट सीआस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

 

जजिरा एयरवेजको जहाज बिहान १:४५ बजे गौतमबुद्ध विमानस्थल आइपुग्ने, साताको ३ उडान गर्ने Read Previous

जजिरा एयरवेजको जहाज बिहान १:४५ बजे गौतमबुद्ध विमानस्थल आइपुग्ने, साताको ३ उडान गर्ने

तनावग्रस्त बन्दै श्रीलंका, निवर्तमान प्रधानमन्त्रीसहित ५० बढी नेताको घर जलाइयो Read Next

तनावग्रस्त बन्दै श्रीलंका, निवर्तमान प्रधानमन्त्रीसहित ५० बढी नेताको घर जलाइयो