एनआइसी एशिया र लोक सेवा आयोगबीच राजश्व संकलन गर्ने सम्झौता

काठमाडौं । एनआइसी एशिया बैंक र लोक सेवा आयोगबीच लोक सेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुर वापतको राजश्व एनआइसी बैंकमार्फत् संकलन गर्ने सम्झौता भएको छ ।

 

सम्झौताअनुसार लोकसेवा आयोगको परीक्षार्थीहरुले अबदेखि एनआइसी एशिया बैंकको देशभर रहेका २९८ कार्यालयहरु र ७० वटा एक्स्टेन्सन काउण्टरहरुबाट आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दस्तुर बुझाउन सक्नेछन् ।

 

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशनकुमार न्यौपाने र लोक सेवा आयोगको तर्फबाट सहसचिव जानकीराम शर्मा बरालज्यूले हस्ताक्षर गरे ।

 

उक्त सम्झौतासँगै देशभर अधिकतम शाखा सञ्जाल रहेको यस बैंकबाट लोकसेवा आयोगको परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरुलाई दस्तुर भुक्तानी प्रक्रिया सहज हुने विश्वास बैंकले लिएको छ ।

 

हाल बैंकले मुलुकभरका २९८ शाखा कार्यालयहरु, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।

कुमारी बैंकले पनि ३ अर्बको ऋणपत्र ल्याउने Read Previous

कुमारी बैंकले पनि ३ अर्बको ऋणपत्र ल्याउने

गणतन्त्र दिवसमा १३ जना बैंकर तथा उद्योगीव्यवसायी विभिन्न पदकबाट सम्मानित (नामावलीसहित) Read Next

गणतन्त्र दिवसमा १३ जना बैंकर तथा उद्योगीव्यवसायी विभिन्न पदकबाट सम्मानित (नामावलीसहित)