कुमारी बैंकले पनि ३ अर्बको ऋणपत्र ल्याउने

काठमाडौं । पछिल्लो समय बैंकहरुले लगानी योग्य रकम जुटाउन ऋणपत्र बिक्री गर्ने क्रम बढ्दो छ । यसैक्रममा कुमारी बैंकले पनि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ।

 

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र निष्काशन गर्न रेटिङ गराएको छ। बैंकको ऋणपत्रले इक्रा नेपालको ‘इक्रा एनपी एलबीबीबी प्लस’ रेटिङ प्राप्त गरेको छ। ऋणपत्र निष्काशनको लागि बैंकले धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन ।

 

केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकिङ्ग प्रणालीमा साधन परिचालनमा देखिने असन्तुलनलाई कम गर्न अनिवार्य रुपमा चुक्ता पूँजीको २५% बराबरको ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ।

हुवावेको दशैं अफर : बाली र थाइल्याण्ड भ्रमणको अवसर Read Previous

हुवावेको दशैं अफर : बाली र थाइल्याण्ड भ्रमणको अवसर

एनआइसी एशिया र लोक सेवा आयोगबीच राजश्व संकलन गर्ने सम्झौता Read Next

एनआइसी एशिया र लोक सेवा आयोगबीच राजश्व संकलन गर्ने सम्झौता