हुवावेको दशैं अफर : बाली र थाइल्याण्ड भ्रमणको अवसर

काठमाडौं । हुवावेले नेपाली ग्राहका लागि दशैं अफर ल्याउको छ। हुवावेका फोन खरिद गर्दा विभिन्न अवसर प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ। स्मार्ट स्केल, बाली भ्रमण (४ रातर/५ दिन)वा थाइल्याण्ड भ्रमण (४ रात/५ दिन) जित्ने मौका रहेको छ।

 

प्रतियोगितामा सहभागी हुनको लागि हुवावेको प्रयोगकर्ता हुनेपर्नेछ । फोन किनेपछि आफ्नो आइएमईआइ नम्बर राखेर यही भाद्र २९ गतेदेखि असोज १७ गते भित्र फेसबुकमा एउटा फर्म भरेको हुनुपर्नेछ ।

 

सहभागीले सहभागिताका लागि भरेको फर्मको हरेक जानकारी सही हुनुपर्नेछ र लक्की ड्रद्वारा विजेताको घोषणा गर्ने बेला र पुरस्कार प्रदान गर्ने बेला सोही जानकारीलाई आधार मानिने कम्पनीले बताएको छ ।

 

यस प्रतियोगिताका लागि दर्ता गरिसकेपछि उपहारको घोषणा बारे थाहा पाउनको लागि हुवावेको फेसबुक र इन्स्टाग्राम पेज फलो गर्नुपर्नेछ ।

बाँकेको नौवास्तामा औद्योगिक क्षेत्रको निर्माण हुने, ३० हजारले रोजगारी पाउने Read Previous

बाँकेको नौवास्तामा औद्योगिक क्षेत्रको निर्माण हुने, ३० हजारले रोजगारी पाउने

कुमारी बैंकले पनि ३ अर्बको ऋणपत्र ल्याउने Read Next

कुमारी बैंकले पनि ३ अर्बको ऋणपत्र ल्याउने