शिवम् सिमेन्टको खुद नाफामा उच्च गिरावट, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । शिवम् सिमेन्टको खुद नाफामा उच्च गिरावट आएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ६५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९३ प्रतिशत कम हो । शिवम्ले गत आर्थिक वर्षको चैतसम्म १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

गत वर्षको तुलनामा कुल आम्दानी घट्दा र खर्च समेत बढ्दा कम्पनीको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी १.३८ प्रतिशतले घटेर ७ अर्ब २५ करोडमा सीमित भएको छ ।

 

त्यस्तै, कुल आम्दानी १.४० प्रतिशत घटेर ७ अर्ब २९ करोडमा सीमित भएको छ भने कुल खर्च ६.९४ प्रतिशत बढेर ६ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ।

 

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा उच्च गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३३.०३ प्रतिशतबाट घटेर १९.८४ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २०८.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४९.८९ गुणा रहेको छ ।

फरवार्ड माइक्रोफाइनान्स खुद नाफा दोब्बरले वृद्धि, प्रतिसेयर आम्दानी नै १०० माथि Read Previous

फरवार्ड माइक्रोफाइनान्स खुद नाफा दोब्बरले वृद्धि, प्रतिसेयर आम्दानी नै १०० माथि

दुई हाइड्रोपार कम्पनीले पाए हकप्रद जारी गर्न अनुमति, कुनले कति ? Read Next

दुई हाइड्रोपार कम्पनीले पाए हकप्रद जारी गर्न अनुमति, कुनले कति ?