दुई हाइड्रोपार कम्पनीले पाए हकप्रद जारी गर्न अनुमति, कुनले कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत दुई हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएका छन् ।

 

विद्युत् नियमन आयोगले राधी विद्युत कम्पनी र बरुण हाइड्रोपावरलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

 

राधीले हाल कायम चुक्ता पूँजीको १४७ प्रतिशत हकप्रद जारी गर्न स्वीकृति पाएको हो । कम्पनीले चुक्तापूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको १ः१४७५२ अनुपातमा हकप्रद निष्काशन गर्ने अनुपति पाएको हो ।

 

यस्तै, बरुण हाइड्रोपारले शतप्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको हो । कम्पनीले चुक्तापूँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशनको अनुमति पाएको हो ।

शिवम् सिमेन्टको खुद नाफामा उच्च गिरावट, यस्तो छ वित्तीय अवस्था Read Previous

शिवम् सिमेन्टको खुद नाफामा उच्च गिरावट, यस्तो छ वित्तीय अवस्था

नीति तथा कार्यक्रम र बजेटमा इन्डक्सन चुल्हो प्राथमिकता, अनुदान दिने तयारी Read Next

नीति तथा कार्यक्रम र बजेटमा इन्डक्सन चुल्हो प्राथमिकता, अनुदान दिने तयारी