चुनावका दिन पर्यटकीय सटल बस चल्ने, यस्तो छ रुट

काठमाडौं । वैशाख ३० गते चुनावका दिन नेपाल पर्यटन बोर्डले सटल बस सेवा संचालन गर्ने भएको छ । बोर्डले पर्यटकको सुविधाको लागि सटल बस सेवा संचालन गर्ने भएको हो ।

 

काठमाडौंमा हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी बोर्डले पर्यटक प्रहरीको सहयोग तथा नेपाल टुरिजम भेहिकल एशोसिएसन र टुरिजम बस एशोसिएसनको समन्यवमा उक्त बस सेवा संचालन गर्ने भएको हो ।

 

बोर्डले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवात–जावतको लागि विभिन्न रुटहरुमा सःशुल्क सटल बस संचालन गर्ने व्यवस्था मिलाएको हो ।

 

सटल बस सेवावापत प्रतिव्यक्ति ३०० रुपैयाँ शुल्क लाग्ने बोर्डले जनाएको छ । सशुल्क सटल बस काठमाडौंका ३ रुटमा चल्नेछन् ।

 

यस्तो छ रुट

 

रुट १ : एअरपोर्ट-एनएसी-होटल अन्नपूर्ण-होटल याक एण्ड यति-ठमेल चोक-लैनचौर चोक-शंकर होटल -एम्बासडर होटल -एअरपोर्ट

 

रुट २ : एअरपोर्ट-होटल र्याडिशन-सांग्रिला होटल-नारायण गोपाल चोक-महाराजगंज चोक-हायात रिजेन्सी-चाबहिल चोक-होटल द्धारिका-एअरपोर्ट

 

रुट ३ : एअरपोर्ट- तीनकुने चोक-होटल एभरेष्ट-माइतिघर चोक-होटल हिमालयन-होटल सोल्टी-ग्रान्ड होटल -एअरपोर्ट ।

 

 

चुनावले बढायो दैनिक थप ३ लाख केजी मासुको खपत, भाउ किलोकै रू. ४५० पुग्यो Read Previous

चुनावले बढायो दैनिक थप ३ लाख केजी मासुको खपत, भाउ किलोकै रू. ४५० पुग्यो

बैंक अफ काठमाण्डूका ग्राहकले होटल एशियातिकमा २० प्रतिशत छुट पाउने Read Next

बैंक अफ काठमाण्डूका ग्राहकले होटल एशियातिकमा २० प्रतिशत छुट पाउने