काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले होटल एशियातिकका विशेष छुट पाउने भएका छन् । बैंक र होटल बीच छुट सुविधा सम्बन्धी सम्झौतामा हस्तार गरेका हुन् ।
बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड बाट एइक् तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशतसम्मको विशेष छुट उपलब्ध पाउने भएका हुन् ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । होटल एशियातिक्वले एयरपोर्ट रोड, विराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।