काठमाडौं । नेपाली मुद्रा बजारमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर भएको हो ।
नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलरको विक्रीदर १२४.२५ रुपैयाँ तोकिएको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि गत फागुन २४ गते डलरको भाउ हालसम्मकै उच्च १२३.४४ रुपैयाँ पुगेको थियो। यस्तै, मंगलबार डलरको खरीददर १२३.६५ रुपैयाँ तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा डलर बलियो भएसँगै भारतीय रुपयाँको भाउ डलरको तुलनामा कीर्तिमानी न्यून स्तरमा ओर्लिएपछि यसको सिधैं असर नेपाली रुपैयाँमा देखिएको हो ।
सोमबार अन्तर्राष्ट्रिय मुद्रा बजारमा डलर सूचक १०४.१९ अंकमा उक्लिएको थियो । यो सन् २००२ को जुलाई यताकै उच्च हो । सोमबारको कारोबारमा प्रतिडलर भारुको भाउ ७७.३१ पैसासम्म आएको थियो ।
नेपाली र भारतीय मुद्राको विनिमयदर स्थिर रहेको छ । सोमबारको कारोबारमा प्रतिडलर भारुको भाउ ७७.३१ पैसासम्म आएको थियो ।