एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफा दोब्बरले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको खुद नाफा दोब्बरभन्दा धेरैले बढेको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२५.८८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको चैतसम्म कम्पनीले १ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 

 

कम्पनीको संचालन मुनाफा र कुल आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी २५.४३ प्रतिशत बढेर ३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुल आम्दानी २८.५४ प्रतिशत बढेर ३ करोड ८१ लाख पुगेको छ ।

 

हाल १ अर्ब २२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ ३६४.९७ प्रतिशत बढेर ८ करोड ८२ लाख रुपैयाँ पुगेको छ । खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी २.२७ रुपैयाँ बढेर ४.२४ रुपैयाँ पुगेको छ ।

 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.१८रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १४६.३० गुणा छ ।

महानगरले ५ वर्षमा लक्ष्यको आधा मात्रैै आकाशे पुल बनायो, यी ५ ठाउँमा बने Read Previous

महानगरले ५ वर्षमा लक्ष्यको आधा मात्रैै आकाशे पुल बनायो, यी ५ ठाउँमा बने

अमेरिकी डलर अहिलेसम्मकै महँगो Read Next

अमेरिकी डलर अहिलेसम्मकै महँगो