ङादी ग्रुपले पायो १५० प्रतिशत हकप्रद जारी गर्न अनुमति

काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।

 

विद्युत् नियमन आयोगले कम्पनीलाई १ः१.५ अनुपात अर्थात् १५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न सोमबार अनुमति दिएको हो ।

 

कम्पनीले २०० प्रतिशत हकप्रद जारी गर्न माग गरे पनि आयोगले हाल कायम चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँको १५० प्रतिशत मात्र अनुमति दिएको हो ।

 

आयोगबाट अनुमति पाएसँगै अब कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनुपर्नेछ ।

 

अमेरिकी डलर अहिलेसम्मकै महँगो Read Previous

अमेरिकी डलर अहिलेसम्मकै महँगो

इन्टरनेट सेवा प्रदायक रोयल नेटवर्कको अनुमतिपत्र खारेज Read Next

इन्टरनेट सेवा प्रदायक रोयल नेटवर्कको अनुमतिपत्र खारेज