कर छल्ने अन्तरा इन्टरनेशनलका सञ्चालक विरुद्ध मुद्दा दायर, १७ करोड बिगो दाबी

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेशनलका सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

 

विभागले काठमाडौँ महानगरपालिका–२७ स्थित अन्तरा इन्टरनेशनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर विरुद्धको अपराध गरेको पाइएको जनाएको छ । विभागले सो कम्पनीका लेखापरीक्षक गणेशबहादुर केसी र श्यामसुन्दर यादव विरुद्ध मुद्दा दायर गरेको हो ।

 

विभागले १७ करोड ७ लाख ५५ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै यही वैशाख २२ गते मुद्दा दायर गरेको भए पनि आज प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

 

आरोपी अन्तरा इन्टरनेशनलले ८ करोड ५३ लाख ७७ हजार मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पाइएको छ । विभागले आरोपी विरुद्ध शतप्रतिशत जरिवाना समेत गरी १७ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

बैंकहरूलाई थोरै राहत, एक सातामा थपियो ५ अर्ब निक्षेप Read Previous

बैंकहरूलाई थोरै राहत, एक सातामा थपियो ५ अर्ब निक्षेप

एचआइडीसीएलको नाफा बढे पनि प्रतिसेयर आम्दानी घट्यो, यस्तो छ वित्तीय अवस्था Read Next

एचआइडीसीएलको नाफा बढे पनि प्रतिसेयर आम्दानी घट्यो, यस्तो छ वित्तीय अवस्था