एचआइडीसीएलको नाफा बढे पनि प्रतिसेयर आम्दानी घट्यो, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)को खुद नाफामा सामान्य वृद्धि भएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ६९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.९४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६३ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न सहयोग पुगेको हो। समीक्षा अवधिमा कम्पनीको ग्राहकसँगको सम्झौताबाट भएको आम्दानी ६६३.३८ प्रतिशत बढेर २१ लाख ६८ हजार रुपैयाँ पुगेको छ।

 

त्यसैगरी, कम्पनीको वित्तीय आम्दानी ९.६० प्रतिशत बढेर १ अर्ब ८ करोड पुगेको छ । सो अवधिमा कम्पनीले लाभांशबापत १ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

 

हाल १८ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोष ८७.७० प्रतिशत बढेर २ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

 

नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ५.१६ रुपैयाँबाट घटेर ४.९४ रुपैयाँमा सीमित भएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ १०७.२३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५२.४१ गुणा छ।

 

कर छल्ने अन्तरा इन्टरनेशनलका सञ्चालक विरुद्ध मुद्दा दायर, १७ करोड बिगो दाबी Read Previous

कर छल्ने अन्तरा इन्टरनेशनलका सञ्चालक विरुद्ध मुद्दा दायर, १७ करोड बिगो दाबी

युनियन लाइफ इन्स्योरेन्सको नाफामा भारी गिरावट Read Next

युनियन लाइफ इन्स्योरेन्सको नाफामा भारी गिरावट