बैंकहरूलाई थोरै राहत, एक सातामा थपियो ५ अर्ब निक्षेप

काठमाडौं । बैंकिङ प्रणालीमा पछिल्लो एक सातामा ५ अर्ब निक्षेप थपिएको छ । चरम तरलता अभाव झेलिरहेका बैंकहरुमा वैशाख चौथो साता ५ अर्ब निक्षेप थपिएको हो ।

 

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वैशाख १६ गतेदेखि २३ गतेको अवधिमा बैंकिङ प्रणालीमा उक्त निक्षेप थपिएको हो । वैशाख १६ गतेसम्म कुल ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा २३ गतेसम्म ४३ खर्ब ७३ अर्ब कायम भएको छ ।

 

सोही अवधिमा निक्षेप बढे पनि कर्जा लगानी भने ४ अर्बले घटेको छ । वैशाख १६ गतेसम्म कुल ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा २३ गतेसम्म ४१ खर्ब ९३ अर्बमा झरेको छ ।

 

वैशाख महिनाको २३ दिनमा कुल १६ अर्ब निक्षेप घटेको छ भने ४ अर्ब कर्जा घटेको छ । चैत मसान्तसम्म बैंकहरुमा ४३ खर्ब ८९ अर्ब निक्षेप थियो भने ४१ खर्ब ९७ अर्ब कर्जा प्रवाह भएको थियो ।

गाडी गुड्ने काठमाडौंकै सडक पोखरी बनेपछि... Read Previous

गाडी गुड्ने काठमाडौंकै सडक पोखरी बनेपछि...

कर छल्ने अन्तरा इन्टरनेशनलका सञ्चालक विरुद्ध मुद्दा दायर, १७ करोड बिगो दाबी Read Next

कर छल्ने अन्तरा इन्टरनेशनलका सञ्चालक विरुद्ध मुद्दा दायर, १७ करोड बिगो दाबी