अब ट्याक्सी भाडा आइएमई पेबाट

काठमाडौं । अब ट्याक्सी चढ्ने यात्रुले भाडा आइएमई पेबाट तिर्न सकिने भएको छ । यसरी भाडा तिर्दा ट्याक्सी चढ्दा भाडामा हुने नियन्त्रण हुने विश्वास गरिएको छ ।

 

आइएमई ग्रुप अन्तर्गतको मोबाइल वालेट आइएमई पेले ट्याक्सी भाडा तिर्ने व्यवस्था मिलाएको हो । आईएमई पेले कावा प्रालीसँग मिलेर ट्याक्सी भाडा आइएमई पेबाटै तिर्ने व्यवस्था मिलाएको छ ।

 

आईएमई पे मार्फत काठमाडौं उपत्यका भित्रका गुड्ने कावाका ट्याक्सी चढ्ने यात्रुले आइएमई पेबाट क्यूआर कोड स्क्यान गरेर भाडा तिर्न सक्ने छन् । यसो गर्दा तोकिएको भाडा भन्दा बढी पैसा तिर्नु पर्दैन ।

 

मिटरमा उठे अनुसार यात्रुले पैसा तिर्नु सक्नेछन् । यसरी आइएमई पेबाट भाडा तिर्दा भाडामा नठगिने आईएमई पेकी सुप्रभाव श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार यसलाई आइएमई पेले विस्तार गर्दै नेपालभर सुविधा पुराउने आइएमई पेको योजना रहेको छ ।

 

हाल ट्याक्सी भाडामा पेब्याक नभए पनि आगामी दिनमा पे ब्याकको व्यवस्था गरिने उनले बताइन् । हाल ट्याक्सी भाडा सुरुवाती १४ रुपैयाँ रहेको छ भने प्रतिकिलोमिटर ३७ रुपैयाँ रहेको छ । आइएमई पेबाट भाडा तिर्दा मिटरमा उठेजति मात्र तिरे पुग्छ ।

वानप्लस ७ प्रोमा एक वर्षकाे इन्स्याेरेन्स सुविधा Read Previous

वानप्लस ७ प्रोमा एक वर्षकाे इन्स्याेरेन्स सुविधा

पूर्णिमा र भार्गवसँग गाभिन साइन रेसुङ्गाले डाक्यो विशेष साधारणसभा Read Next

पूर्णिमा र भार्गवसँग गाभिन साइन रेसुङ्गाले डाक्यो विशेष साधारणसभा