 
			काठमाडौं । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विशेष साधारणसभाको मिति तय गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले असार २७ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको जनाएको छ।
उक्त साधारणसभाकालागि बैंकले असार १९ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ। उक्त मिति सम्म कायम शेयरधनी साधारणसभाकालागि योग्य हुनेछन् ।
बैंकले साधारणसभामा पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्ति गर्ने विषयमा भएका सम्झौता लगायतका बिषयलाई अनुमोदन गर्ने छ ।
बैंकले तीनै वित्तीय संस्था गाभिएपछि कायम हुने चुक्ता पूँजीको २५ प्रतिशत अर्थात् चार शेयर बराबर एक शेयर हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव गर्दै छ । बैंक प्राप्ति प्रक्रियापछि राष्ट्रिय स्तरको विकास बैंकमा परिणत हुनेछ ।
एक आपसमा गाभ्ने गाभिने प्रक्रियामा रहेका तीनवटै संस्थाले यस अघि नै सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन्। साइन रेसुङ्गा र पूर्णिमाले गत फागुन २६ गते र भार्गभले वैशाख २६ गते प्राप्ति गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
पूर्णिमा र भार्गभको दोस्रो बजारमा शेयर कारोबार रोक्का रहेको छ । तिनै बैंकले एकै दिन साधारणसभा गर्दैछन् ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                