एलन मस्कको ट्वीटले हंगामा, लेखे–‘यदि म रहस्यमय परिस्थितिमा मरे भने…’

काठमाडौं । विश्वकै धनाढ्य व्यक्ति तथा विद्युतीय कार निर्माता टेस्लाको सीईओ एलन मस्कले गरेको एक ट्वीटरको चर्चा चुलिएको छ । उनले मे ९ (सोमबार) बिहान ट्वीटरमा ‘आफू रहस्यमय परिस्थितिमा मरे भनेँ…’ भनेर लेखेपछि व्यापाक चर्चा भएको हो ।

 

उनले ट्वीटरमा लेखेका छन्, ‘यदि म रहस्यमय परिस्थितिमा मरे भने १ तपाईंहरूलाई चिन्न पाउँदा मलाई खुसी लागेको छ ।’

 

 

मस्कले यो ट्वीट गर्नुभन्दा अघि स्क्रीन सटसहितको ट्वीट सेयर गरेका थिए । त्यो पोस्ट रुसी भाषामा थियो। ‘एलन मस्क यूक्रेनको फासिकस्ट फोर्सको शैनिक कम्यूनिकेशन उपकरण निर्यात गयरिरहेका छन्। यसको लागि एलनमस्क तपाईले जवाफ दिनै पर्छ, तपाई जति चलाख भए पनि मानिसलाई बेबकुफ बनाउन सक्नुहुन्न।’

 

मस्कले यो ट्वीट रसियाको एक भेरिफाइड ट्वीटर अकाउन्टलाई मेन्सन गर्दै साझा गरेका थिए। यी दुवै पोस्टपछि टेस्लाका नयाँ सीईओलाई रुससँग लडाई लडिरहेको यूक्रेनलाई सहयोग गर्दा धम्र्की सुनिरहनु परेको छ। युक्रेनको आग्रहमा फ्रेब्रुअरीमा मस्कको कम्पनी स्पेसएक्सले स्टारलिंह उपग्रह ब्रान्डव्याड सेवा यूक्रेको युद्ध ग्रस्त क्षेत्रमा सक्रिय गरेका थिए।

 

मस्कले दुई साता अघि मात्र ४४ अरब डलरमा ट्वीटर किन्ने प्रस्ताव गरेका थिए। ट्वीटरको बोर्ड यो प्रस्तावमा सहमत भएको थियो। यद्यपि, अन्तिम सम्झौता भने भइसकेको छैन।

साहस ऊर्जाको खुद नाफा झन्डै दोब्बरले वृद्धि, प्रतिसेयर आम्दानी कति ? Read Previous

साहस ऊर्जाको खुद नाफा झन्डै दोब्बरले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

१० कित्ता सेयरमा पनि चलखेल गर्नेलाई नेप्सेको लगाम, अडलट कारोबार नगर्न निर्देशन Read Next

१० कित्ता सेयरमा पनि चलखेल गर्नेलाई नेप्सेको लगाम, अडलट कारोबार नगर्न निर्देशन