चुनावका दिन सबै आन्तरिक उडान बन्द हुने

काठमाडौं । वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ ।

 

निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् । सङ्घले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

 

यद्यपि, चुनावका दिन अन्तराष्ट्रिय हवाई उडान भने नियमित रुपमै संचालन हुनेछ । यस्तै, सो दिन सबै सार्वजनिक गाडी पनि संचालन गर्न पाइन्े छैन । निजी सवारीसाधन भने पास लिएर चलाउने पाइने छ ।

किसान लघुवित्तले घटायो लाभांश, यसअघि घोषणा गरेको नपाउने Read Previous

किसान लघुवित्तले घटायो लाभांश, यसअघि घोषणा गरेको नपाउने

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी