काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८को नाफाबाट घोषणा गरेको लाभांश घटाएको छ ।
लघुवित्त संचालक समितिको २०७८ माघ २ गते बसेको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो ।
तर, नेपाल राष्ट्र बैंकले उक्त लाभांश अस्वीकृत गर्दै २० प्रतिशत लाभांश मात्र दिन स्वीकृति दिएपछि लघुवित्तले यसअघि घोषणा गरेको लाभांश घटाएको हो ।
राष्ट्र बैंकको स्वीकृति अनुसार अब लघुवित्तले हाल २० प्रतिशत मात्रै बोनस सेयर लाभांश दिने भएको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
