नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १२ कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । गत साता ११७ अंकले घटेको नेप्से यस साताको पहिलो कारोबार दिनमा दोहोरो अंकले लयमा फर्केको हो ।

 

सूचकमा सुधार आए पनि कारोबार रकममा भने सुधार आउन सकेको छैन । गत साता औसतमा दैनिक सवा १ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा आज पनि सोही हाराहारीम कारोबार भएको छ ।

 

आइतबार नेप्से १७.९१ अंकले बढेर २२५६.५४ विन्दुमा पुगेको छ । यसदिन २३३ कम्पनीको १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७२ रुपैयाँ बराबरको ३३ लाख ४१ हजार २१४ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये बैंकिङ र माइक्रोफाइनान्स बाहेक बाँकी सबै ११ समूहको परिसूचक बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.३५ प्रतिशतले बढेको छ । त्यस्तै, होटल त्यस्तै, होटल, विकास बैंक र हाइड्रोपावर समूह पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

आज करोबारमा आएको २३३ कम्पनीमध्ये जम्मा १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७३ कम्पनीको मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 

आज नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । यसको साढे ७ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, हिमालयन डिस्ट्रीलरीको साढे ४ करोड र नबिल बैंक ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

 

त्यसैगरी, घलेम्दी हाइड्रोपावर ८.८२, माउन्टेन इनर्जी ८.६६, हिमालयन ऊर्जा ७.५८, श्री इन्भेष्टमेन्ट ७.०८, साहस ऊर्जा ६.५१, ज्योति लाइफ, नेपाल हाइड्रो डेभलपर, जोशी हाइड्रोपावर, आँखुखोला, खानीखोला र सिनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ६ प्रतिशतले बढेको छ ।

चुनावका दिन सबै आन्तरिक उडान बन्द हुने Read Previous

चुनावका दिन सबै आन्तरिक उडान बन्द हुने

प्राथमिकतामा परेन रेल, चालु वर्षकोभन्दा २ अर्ब घटाएर बजेट सिलिङ Read Next

प्राथमिकतामा परेन रेल, चालु वर्षकोभन्दा २ अर्ब घटाएर बजेट सिलिङ